ताजा समाचार

छरिएर रहेका माओवादी घटकहरूलाई एकतावद्ध हुन प्रचण्डको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहाल प्रचण्डले छरिएर रहेका माओवादी घटकहरूलाई एकतावद्ध हुन आग्रह गरेका छन् ।

जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले  माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्तालाई जनयुद्धका उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावना अनुसारअगाडि बढ्न विशेष अनुरोध गरेका हुन् ।

परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने उनको विश्वास छ । देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व गर्ने नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको उनले दाबी गरेका छन् ।


Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org