ताजा समाचार

सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने एमालेको तयारी

काठमाडौँ । नेकपा एमालेले सभामुख अग्‍निप्रसाद सापकोटाविरुद्ध महाअभियोग लगाउने तयारी गरेको छ । आइतबार प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जवरालाई सत्तारुढ दलहरूले महाअभियोग लगाएपछि एमालेले सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने तयारी गरेका हुन् ।

‘सभामुखलाई नै महाअभियोग लाउनुपर्छ भन्‍नेमा हामी छौँ’ नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले भने ‘सभामुखप्रति हाम्रो असहमति छ ।’

सभामुख सापकोटाविरुद्ध महाअभियोगबारे आज बस्‍ने एमालेको संसदीय दलको बैठक छलफल हुने तामाङले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org