ताजा समाचार

एमालेले तत्काल चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव नल्याउने

काठमाडौं । नेकपा एमालेले तत्काल सर्वोच्च अदालतका अन्य चार जना न्यायाधीशविरुध्द महाभियोग प्रस्ताव नल्याउने भएको छ ।

एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले आजै आवेग र प्रतिशोधका आधारमा निर्णय नगर्ने तर अदालतको नेतृत्वको आगामी कदम हेरी निर्णय लिने बताएका छन् ।

ओलीले परिस्थितिलाई सुष्म रुपमा नियालिरहेको र निर्धारित मितिमै स्थानीय चुनावको पक्षमा रहेकाले परिस्गिती बिगार्ने काम नगर्ने बताएका थिए । ओलीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक सांसदले बताएअनुसार ओलीले महाअभियोगकै विषयलाई लिएर प्रत्यक्ष द्वन्द्व बढाउने पक्षमा नरहेपनि सदन, सडक र कानूनी मोर्चा सबैतिर लडिरहने बताएका थिए ।

एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको छ र नेतृत्वले आवश्यक परेका बेला प्रयोग गर्ने निर्णय समेत भएको बैठकमा सहभागी एक एमाले संसदले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org