ताजा समाचार

एमसीसीविरुद्ध माओवादी र समाजवादीको संगठन सडकमा : वाइसीएल र अनेरास्ववियूले संसद्‌ भवन घेर्दै

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल) र अनेरास्ववियू (क्रान्तिकारी)ले संसद्‌ भवन घेराउ कार्यक्रम गर्दैछ । बुधबार बिहान ११ बजे नयाँ बानेश्‍वरस्थित संघीय संसद्‌ भवन घेराउ गर्न लागेको हो ।

यथास्थितिमा एमसीसी टेबल गर्ने राष्ट्रघाती कदमविरुद्ध संसद्‌ भवन घेराउ गर्न लागेको वाइसीएल र अनेरास्ववियू क्रान्तिकारीको व्यानरमा लेखिएको छ ।

यी दुवै संगठनको माउ पार्टी नेकपा माओवादी केन्द्र सरकारमा सहभागी छ । माओवादीले यथास्थितिमा एसीसी पास गर्न नसकिने बताउँदै आएको छ ।

यसबीच अनेरास्ववियूले आज संसद्‌ भवन घेराउ कार्यक्रम राखेको छ । सरकारमा सहभागी नेकपा एकिकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले ‘राष्ट्रघाती एमसीसीको विरोध गरौँ, जहाँ छौँ त्यहीँबाट उठौँ’ भन्‍ने नारा लिएर संसद्‌ भवन घेराउ गर्न लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org