ताजा समाचार

प्रधानमन्त्री र प्रचण्डबीच भेट : सत्ता गठबन्धनको बैठक सर्‍यो

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

देउवा र प्रचण्डबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

उक्त छलफलपछि गठबन्धनको बैठकको समय दुई घण्टा सारिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बेलुका ५ बजे बस्ने तय गरिएको प्रचण्डको सचिवालयले जानकारी दियो ।

यसअघि, देउवा र प्रचण्डबीच बुधबार भएको छलफलपछि आज दिउँसो ३ बजेका लागि गठबन्धनको बैठक तय गरिएको थियो ।

बुधबारको प्रतिनिधिसभा बैठकमा नै अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा थियो । तर, माओवादी केन्द्रले एमसीसीमा जबरजस्ती गरिए सरकार छाड्ने निर्णय गरेपछि देउवा गठबन्धनको शीर्ष नेताहरूको बैठक बोलाउन तयार भएका थिए । आज एमसीसीका विषयमा ‘निर्णयक’ छलफल हुन लागेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org