ताजा समाचार

एमसीसी पास गराउन पहल गरिरहेको छु : प्रधानमन्त्री देउवा

काठमाडाैँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भएपछि आउने नतिजा स्वीकार गरेर जाने बताएका छन्।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक बिहीबार बालुवाटारमा विमोचन क्रममा उनले संसदले एमसीसीबारे गर्ने निर्णय स्वीकार गर्ने बताएका हुन्।

‘पास फेल के हुन्छ थाहा छैन। हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौँ’, प्रधानमन्त्री देउवाले भने, ‘त्यसका लागि मैले पहल गरिरहेको छु।’

उनले एमसीसीका पक्षमा उभिन डराउन नहुने पनि बताए।

‘एमसीसीका पक्षमा उभिन डराउनु हुँदैन’, प्रधानमन्त्री देउवाले भने, ‘यो राष्ट्रको हितमा छ। हामी आफ्नो अडानमा उभिएर जानुपर्छ।’

आजै बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org