ताजा समाचार

‘कांग्रेस एमसीसी पास गर्ने कुराका अडिग छः बालुवाटारमा एउटा, खुमलटारमा अर्को कुरा गर्दैन’ : महामन्त्री थापा

काठमाडाैँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा आफ्नो पार्टी अडिग रहेको बताएका छन्।

यस क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कटाक्ष पनि गरेका छन्।

बिहीबार बिहान प्रधानमन्त्री निवास (बालुवाटार) मा कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक विमोचन समारोहमा थापाले भने, ‘बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन कांग्रेस।’

यस्तै उनले कांग्रेस प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताए।

‘कांग्रेस एमसीसी पास गर्ने कुराका अडिग छ’, महामन्त्री थापाले  भने, ‘सत्तामा हुँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा गर्दैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org