ताजा समाचार

एमसीसीबारे प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच छलफल, देउवाले गठबन्धन बैठकमा ब्रिफिङ गर्ने

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो ।

भेटमा एमसीसीबारे नेपालमा भइरहेको विवाद र समाधानको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भएको छलफलबारे आज साँझ ५ बजे बस्‍ने सत्तारुढ गठबन्धनको बैठकमा देउवाले ब्रिफिङ गर्ने बताइएको छ ।

एमसीसीको विषयमा सत्तारुढ दल नै विभाजित छ । कांग्रेस जस्ताको त्यस्तै एमसीसी पास गर्ने, नेकपा माओवादी केन्द्र र समाजवादी संशोधन गरेर मात्रै पास गर्नुपर्ने, जसपा के गर्ने भन्‍नेबारे अनिर्णित छ भने जनमोर्चा खारेज गर्नुपर्ने भन्‍ने पक्षमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org