ताजा समाचार

स्थानीय तहको संख्या ७ सय ६६ पुर्‍याउने तयारी

काठमाडौं । सरकारले १३ वटा स्थानीय तह थप्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल कायम रहेका ७ सय ५३ वटा तहमा १३ वटा थपेर ७ सय ६६ पुर्‍याउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।

मन्त्रिपरिषदले निर्णय गरेर राजपत्रमा प्रकाशित गरेपछि स्थानीय तह थप गर्ने निर्णय कार्यान्वयनमा आउनेछ ।

आज बस्ने मन्त्रिपरिषदमा पेश हुने सो प्रस्तावबारे संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठले गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेटेर जानकारी गराएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org