ताजा समाचार

गठबन्धन बैठक बस्नुअघि प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठकअघि आन्तरिक परामर्श थालेका छन् ।

मन्त्रिपरिषद बैठक सकिएलगत्तै देउवाले पार्टीका शीर्ष नेतासँग संवाद थालेको एक नेताले  बताए । देउवासँगको छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री बालकृष्ण खाण र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् ।

गठबन्धनका नेताहरु बालुवाटार आउने क्रम चलिरहेका बेला देउवा भने आन्तरिक परामर्शमा रहेका छन् । यता बिहान काँग्रेस नेता मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । एमसीसी संसदमा टेबल गर्ने विषयमा गठबन्धनमा सहमति हुन सकेको छैन ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिएपछि देउवाले विकल्पबारे आन्तरिक पनि परामर्श बढाएको बुझिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org