ताजा समाचार

सरकार र गठबन्धनमा बस्नुको औचित्य समाप्त भयो :युवा नेता सेर्पाली

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाईसिएल नेपालका सहसंयोजक सुबोधराज सेर्पालीले गठबन्धन सरकारले आफ्नो औचित्य पुष्टी गर्न असफल भएको बताएका छन ।

उनले सत्तारुढ गठबन्धन कुनै सम्झौताको आधारमा नबनेको बताएका छन् ।

‘हामीले कुनै देशविशेषसँग गरेको सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग या लेनदेनको आधारमा गठबन्धन बनाएको होइन ।’ जुन पृष्टभुमी ‘संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षामा एकमत भएर गठबन्धन बनेको हो र यो सरकार गठन भएको हो ।

एमसीसी सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीच एकमत नभएको बेला जसरी सदनमा एमसिसि टेबुल भयो यसले गठबन्धनको औचित्य समाप्त गरेको छ ।

उनले भने अब माओवादी पार्टी सरकार बसिरहनु हुदैन, सडकमा संघर्ष गरिरहेका युवा,विद्यार्थीको आवाज हो माओवादी पार्टी तसर्थ सरकार र गठबन्धनबाट बाहिरिएर सदन र सडकबाट राष्ट्रघाती एमसिसि खारेज गर्न लाग्नु पर्छ ।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org