ताजा समाचार

सिंहदरबारमा प्रचण्ड,नेपाल र यादव जुटे छलफलमा

काठमाडौं । सत्ता गठबन्धनका तीन दलका शिर्ष नेताबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच सिंहदरबारमा छलफल सुरु भएको हो ।

आइतबार संसदमा एमसीसी टेबल भएपछि सत्ता गठबन्धनका राजनीतिक दलहरुमा पनि आन्तरिक विवाद बढेको छ । जसको कारण सोमबार मात्र नेकपा एसले विज्ञप्ती निकालेर एमसीसीको पक्षमा मत दान नगर्ने निर्णय गरेको जानकारी दिएको छ ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले पनि एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको छ । माओवादीले कार्यव्यवस्था समितिको बैठकमा पनि लिखित रुपमा नै फरक मत राखेको छ । यादवको पार्टीमा पनि बाबुराम भट्टराई एमसीसी पास गर्नु पर्छ भन्दै आएका छन् भने यादव अहिलेसम्म खुलेका छैनन् ।

उता सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी पनि एमसीसी पास गर्नु पर्ने अडानमा रहेको छ । संसदको बैठक १२ गते बोलाएको छ ।
कांग्रेसले १२ गते नै एमसीसीका बारेमा निर्णय लिनु पर्ने भन्दै आन्तरिक छलफल गरीरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org