ताजा समाचार

अनेरास्ववियु(क्रान्तिकारी) द्वारा कालो बेलुन उडाएर एमसिसिको विरोध

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी यथास्थितिमा पारित गर्न नहुने भन्दै सत्ताघटक नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले कालो बेलुउन उडाएर विरोध गरेको छ ।

मंगलबार बानेश्वरको बिजुलीबजार क्षेत्रमा उनीहरूले कालो बेलुन उडाएका हुन् । बेलुनमा ‘नो एमसीसी’,‘रिजेक्ट एमसीसी’ लगायतका नारा लेखिएको छ ।

अखिल क्रान्तिकारीले एमसीसीविरुद्ध लगातार प्रदर्शन गर्दै आएको छ ।                                                                                   राष्ट्रिय सहमति विना जबर्जस्त सरकारले एमसिसि टेबुल गरेको छ यसका विरुद्ध हामी लगातार संघर्षमा छाैँ, संघर्षका क्रममा प्रहरीद्वारा दमन भएको छ प्रहरी दमनका विरुद्ध हिजो हामिले गृह मन्त्रीको पुत्ला दहनको गरेर विरोध गर्याै । भोलिका दिन थप आन्दोलनका कार्यक्रम तय गरेर आन्दोलनलाइ अझ शसक्त बनाउने अनेरास्ववियु(क्रान्तिकारी) नेता मिलन एमसिले न्युज नेपाललाइ जानकारी दिए ।                                                                 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org