ताजा समाचार

एमाले अध्यक्ष ओली र गृहमन्त्रीबीच बालकोटमा भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली भेट्न खाँण बालकोट पुगेका हुन् ।

भेटमा गृहमन्त्री खाँण र अध्यक्ष ओलीबीच एमसीसी अनुमोदन र संसदको अवरोध हटाउनेबारे कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ । गृहमन्त्री खाँणले एमसीसीमा सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गरेको ओलीको सचिवालय सदस्य रामशरण बजगाइँले बताए ।

अध्यक्ष ओलीले एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस नगरेसम्म एमालेले कुनैपनि संसदीय प्रक्रियामा सहभागिता नजनाउने जवाफ दिएका सचिवालयले जनाएको छ । मंगलबार बेलुका अध्यक्ष ओलीले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसीबारे छलफल गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org