ताजा समाचार

प्रधानमन्त्री देउवा–प्रचण्ड वार्ता, एमसीसीमा जुटेन सहमति

काठमाडौँ । एमसीसीको संसदीय प्रक्रिया तत्कालका लागि रोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले अस्विकार गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको आग्रहलाई प्रधानमन्त्री देउवाले मान्न नसकिने बताएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार बिहान प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । भेटमा प्रचण्ड तत्कालका लागि एमसीसीको संसदीय प्रक्रिया रोक्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

‘अध्यक्षले प्रधानमन्त्रीलाई एमसीसी निर्णय प्रकियामा लैजानबाट रोक्न आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले भोट हाल्ने भए हाल्नु । एमसीसी अनुमोदनको प्रक्रिया रोकिँदैन भन्नुभयो, ‘ अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीचको कुराकानी उदृत गर्दै प्रचण्डको सचिवालयका एक सदस्यले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अगाडि बढाउने पक्षमा छन् । प्रधानमन्त्रीले भेटमा दाहालमार्फत सत्ता गठबन्धनले एमसीसीका पक्षमा भोट हाल्न आग्रह गरेको सचिवालयले जनाएको छ । माओवादी भने आफ्नो अडानमा यथावत भइ पूर्ववत् निर्णयमै रही एमसीसीको विपक्षमा रहने समेत दाहालको सचिवालयले बतायो ।

आजै संसद्‌मा एमसीसीमाथि छलफल हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org