ताजा समाचार

बालुवाटारमा देउवा-प्रचण्डबीच वार्ता जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

केहीबेर अघिदेखि उनीहरूबीच भेट भइरहेको स्रोतले जनायो।

यसअघि शुक्रबार बिहान ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पार्टीका शीर्ष नेताहरूको छलफलमा गठबन्धन कायम राख्न पहल गर्ने निर्णय भएको थियो।

यथास्थितिमा एमसिसी पारित गर्न नसकिने भए पनि सत्तारूढ गठबन्धन जोगाउनु पनि अहिलेको आवश्यकता रहेको माओवादीको निष्कर्ष थियो। त्यसपछि उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

यसअघि प्रचण्डले सिंहदरबारमा केहीबेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए।

माओवादी केन्द्रले आफ्ना कार्यकर्ताहरूलाई एमसिसीको विरोधमा सडकमा उतारेको छ। तर एमसिसी सम्झौता गर्ने चरणसम्म धेरै पटक माओवादी नेताहरू सहभागी भएकाले विश्वसनीयताको कुरा आउने बहस पनि माओवादीभित्र सुरू भएको छ।

बिहीबार एमाले नेताहरूसँग भएको छलफलमा समेत माओवादी नेताहरूले एमसिसी असफल गराउन सहयोग मागेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org