ताजा समाचार

स्थानीय निर्वाचनमा ८० दल, चुनाव चिह्न ६ दललाई

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् ।

निर्वाचन आयोगले दल दर्ताका लागि फागुन ५ गतेदेखि १५ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो । उक्त अवधिमा १११ राजनीतिक दलमध्ये ८० दलले दल दर्ताको निवेदन दिएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

अब ति दलले दिएको निवेदनमाथि जाँचबुझ गरी दर्ता गरिने उनले बताए । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ ।

६ दललाई मात्रै चुनाव चिह्न 

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यताप्राप्त ६ वटा राजनीतिक पार्टीले मात्रै चुनाव चिह्न पाउने भएका छन् । अन्य दलले भने स्वतन्त्र चुनाव चिह्नमा उठ्नुपर्नेछ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी (लोसपा)ले मात्रै दलको चुनाव चिह्न पाउनेछन् । स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यताप्राप्त दलले मात्रै पार्टीको चुनाव चिह्न पाउने कानुनी प्रावधान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org