ताजा समाचार

ओलीले एमसीसीबारे धारणा राख्न पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् ।

आज दिउँसो १ बजे जर्मन हाउस, गठ्ठाघर भक्तपुरमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

माओवादी केन्द्र र नेपाली कांग्रेसले एमसीसी संसदबाट पास भएपछि सोमबार आ–आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org