ताजा समाचार

नारायणकाजीलाई भेट्न विप्लव पुगे हरिसिद्धी, आन्दोलनमा सँगै जान प्रस्ताव

काठमाडाैँ ।  अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन भएपछि असन्तुष्ट बनेका माओवादी नेता नारायणकाजी श्रेष्ठलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटेका छन्।

हरिसिद्धीस्थित श्रेष्ठ निवासमा पुगेका विप्लवले राष्ट्रियताको आन्दोलनमा सँगै हिँड्न आग्रह गरेका थिए।

विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट राष्ट्रिय स्वाधिनताको नेतृत्व नहुने भन्दै त्यसको लागि मिलेर जान प्रस्ताव गरेको स्रोतले बतायो।

जवाफमा श्रेष्ठले पार्टीको बैठकमा राष्ट्रियताको विषय उठाउने बताएका थिए। उनले पार्टीमा देशभक्त रहेको भन्दै यस विषयलाई जोडतोडका साथ उठाउने भन्दै विप्लवलाई विश्वास दिलाएका थिए।

श्रेष्ठलाई भेट्न मंगलबार प्रचण्ड उनकै निवास पुगेका थिए। उक्त भेटमा कुनै पनि नयाँ कदम नचाल्न श्रेष्ठलाई प्रचण्डले आग्रहसमेत गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org