ताजा समाचार

राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट हुन प्रचण्डको आव्हान

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट नै नागरिकले आफ्ना जातीय, सांस्कृतिक, अधिकार र पहिचान प्रत्याभूत गर्न पाएको बताएका छन् ।

नेपाली बौद्धमार्गी तथा हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले बलिदानबाट प्राप्त यिनै उपलब्धिको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरी समृद्धिको यात्रातर्फ अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता भएको बताए ।

उनले यसबाट मात्र संविधानले व्यवस्था गरेको समाजवादी लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै पराधिन र परनिर्भर अर्थतन्त्रले कुनै पनि देशको समृद्धि भएको विश्व इतिहास नभएको उल्लेख गरे ।

पर्वको अवसरमा शेर्पा लगायत सम्पूर्ण नेपाली जनसमुदायमा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट हुन आव्हान गरे । यस पर्वले नेपालीहरुमा आपसी हित र मेलमिलापको भावना जागृत गराउँदै देशको समृद्धिमा अग्रसर बन्न प्रेरणा प्राप्तीको  कामना गरे ।

उनले देशका विभिन्न समुदायका आ–आफ्ना मौलिक सांस्कृतिक पहिचान देशका अमूल्य सम्पत्ति भएको उल्लेख गरे । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको पनि यो आफ्नो बेग्लै मौलिक सांस्कृतिक पर्व भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org