ताजा समाचार

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।

शुक्रबारबाट सुरु भएको‍ बैठक आज पनि बस्ने भएको हो । बिहान ११ बजेबाट बैठक सुरु हुनेछ ।

बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्षबाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बारेमा रिपोर्टिङ गर्ने छन् । बैठकले स्थानीय निर्वाचनको रणनीति पनि तय गर्ने एक नेताले बताए ।

शुक्रबारको बैठकमा प्रचण्डले एमसीसी कसरी पारित गर्नुपर्ने अवस्थामा पुगियो भन्नेबारे ब्रिफिङ गरेका थिए  । नेता नारायणकाजी श्रेष्ठले एमसीसीका बारेमा फरक मत प्रस्तुत गरेका थिए । नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले लिखित फरक मत राखेका छन् ।

यी हुन् बैठकका एजेन्डा :

१) श्रद्धान्जली 

२) रिर्पोटिङ
क) अध्यक्षबाट रिर्पोटिङ

३) संगठन
क) केन्द्रीय सदस्य थप
ख) पोलिट ब्युरो 
ग) स्थायी कमिटी, पदाधिकारी

४) कार्यविभाजनबारे 

५) स्थानीय निर्वाचनबारे 

६) विविध

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org