ताजा समाचार

एकीकृत समाजवादीले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

काठमाडाैँ ।  चुनाव र एमसीसीबारे छलफल गर्न सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार पोलिटब्युरो बैठक फागुन २३ गते सोमबार र केन्द्रीय कमिटी फागुन २५ तथा २६ गते बस्नेगरी बोलाइएको छ । बैठक अपर्ण पार्टी प्यालेसमा बस्ने बताइएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे र हालै संसदबाट अनुमोदन भएको एमसीसीबारे छलफल हुनेछ । ‘केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनसहित अन्य केही प्रतिवेदनहरू पेश हुनेछन्’, प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘ठुलो उर्जाका साथ पार्टी पंक्तिलाई निर्वाचनमा जान निर्देशन दिइने छ ।’

एकीकृत समाजवादीका नेताहरुका अनुसार आगामी बैशाख ३० गते एकै चरणमा हुने स्थानीय तह निर्वाचनका लागि अन्य दलसँग गर्ने तालमेल लगायतका विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org