ताजा समाचार

माधव नेपालको जन्मदिन हुनेवाला राजदूतले होटेलमा मनाए

काठमाडाैँ । छिट्टै राजदूत बन्ने लाइनमा रहेका अर्थ मन्त्रालयका भूपू सहसचिव कैलाश पोख्रेलले आफ्ना जेठान माधवकुमार नेपालको जन्मदिन हिजो होटेलमा केक काटेर मनाएका छन् ।

पोख्रेल एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालकी कान्छी बहिनी बसुधाका पति हुन् । कैलाश कर्मचारीतन्त्रभित्र अत्यधिक बिदेश पोस्टिङ्गको लाभ पाउनेमध्येमा पर्दछन् ।

पत्नीको उपचारका कारण उनी विश्व बैंक,एशियाली बिकास बैंक,न्यूयोर्कस्थित महावाणिज्यदूतावासतिर बसेका हुन् ।

अब नेकपा एकीकृत समाजवादीले पाउने राजदूतको ४ कोटामध्ये उनी एक देशमा पक्का भैसकेका छन् । उनको नियुक्तिसम्बन्धी निर्णय उक्त पार्टीको सचिवालय बैठकले गरिसकेको कारण बर्दियाका पुराना कम्युनिस्ट नेता गोविन्द कोइराला एकबारको अवसरबाट बन्चित भएको बताइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org