मन्त्री झाँक्रीद्वारा सेनाको भवन शिलान्यास, समयमै निर्माण सक्न निर्देशन
काठमाडाैँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी छन्। सोमबार मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको नयाँ भवन निर्माणकार्यको शिलान्यास गरेकी हुन्।
उनले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिएकी छन्। मन्त्रालय र भवन निर्माण विभाग आवश्यक सहयोग गर्न तयार रहेको भन्दै उनले लक्ष्यमा केन्द्रित भएर काम गनर्नुपर्ने बताइन्। देश सञ्चालन हुने केन्द्र सिंहदरवारभित्र पनि समयमै काम नसके सरकारमाथि प्रश्न उठ्ने भन्दै मन्त्री झाँक्रीले प्रश्न उठ्न दिने वातावरण नबनाइ काम गर्न आग्रह गरिन्।
‘भवन निर्माण विभाग, हाम्रो शहरी विकास मन्त्रालय काम गर्ने सिंहदरवारको साइट र कन्ट्याक्टरको अवस्था हेर्दा उहाँहरुले यो काम हामीले अवार्ड गरेको, दिएको दायित्व र समयभन्दा अगाडि सक्नुहुन्छ भन्ने विश्वास छ। त्यसका लागि हामीले हाम्रोतर्फबाट के गर्नुपर्छ सहयोग गरी नै रहन्छौँ। काम अन टाइम सक्नको लागि मैले अनुरोध गरें। काम शुरु गर्नलाई टाइम लागे पनि शुरु भएपछि समय अगावै सक्ने लक्ष्यबाट काम गर्नुहुन्छ भन्ने विश्वास छ,’ मन्त्री झाँक्रीले भनिन्, ‘सिंहदरवारभित्र सबै क्रसकटिङ इन्टीटीहरु एकै ठाउँ भएको आयोजना पनि ढिलो भयो भने हाम्रो क्षमता, हाम्रो पर्फमेन्समाथि प्रश्न उठ्नेछ।’
सिंहदरवारभित्र नै सेनाको व्याण्ड दलको लागि बनाइने भनिएको भवन जग्गा अभावका कारण सफल नभएको भन्दै उनले जग्गा प्राप्ति गर्ने काम भइरहेको जानकारी दिइन्। सिंहदरबार भित्र बन्न लागेको चण्डीदल गणको भवन निर्माणको जिम्मा बिकोइ, रसुवा र तुँदि जोइन्ट भेन्चरले प्राप्त गरेको छ। भवन निर्माणको अनुमानित लागत ६५ करोड ९५ लाख रुपैयाँ र निर्माण अवधि २ वर्ष रहेको छ।
एक लाख वर्गफिट क्षेत्रफलमा बन्न लागेका दुई भवनमा ७०२ जवान रहनसक्ने गरी डिजाइन गरिएको छ। त्यस्तै भवन परिसरमा ४ वटा ब्याडमिन्टन र एउटा बास्केटबल कोर्ट रहनेछ भने परेड खेल्नका लागि ग्राउण्डसमेत बनाइनेछ। कुल ४३ रोपनी ६ आना क्षेत्रफलमध्ये १० आना मात्रै भवनले ओगट्नेछ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...