ताजा समाचार

वीरगन्ज महानगरमा एमाले र लोसपाबीच गठबन्धन

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धनको सहमति जुटेको छ । एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले यसको पुष्टि गरे ।

३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजय सरागवी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोतमलाला झा उम्मेदवार हुनेछन् । सरवगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।

सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org