ताजा समाचार

महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउने भन्दै शीर्ष नेताको बैठक सुरु गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान र पूर्व पदाधिकारीबीचको छलफल सुरु भएको हो । शीर्ष नेताको बैठकमा नेता शेखर कोइरालालाई पनि बोलाइएको एक नेताले जानकारी दिए ।

शीर्ष नेताबीच सहमति जुटेपछि शनिबार नै कार्यसम्पादन समितिको बैठक बस्ने नेताहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org