ताजा समाचार

भरतपुरमा कांग्रेस नेताहरुको बिद्रोह, मेयरमा पूर्वसांसद पौडेलले उम्मेदवारी दिने

चितवन । असन्तुष्ट पक्षका तर्फबाट नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका छन् ।

कांग्रेस चितवनको असन्तुष्ट पक्षका तर्फबाट मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् ।

कांग्रेस महासमिति सदस्य मिना खरेलको प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठको समर्थनमा पौडेलले मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् । कांग्रेस चितवनमा माओवादी केन्द्रलाई मेयर दिने केन्द्रीय सहमतिपछि तीब्र बिबाद रहेको छ । बिद्रोह गर्दै असन्तुष्ट पक्षले उम्मेदवारी दिने भएको हो ।

उम्मेद्बारी घोषणाका लागि असन्तुष्ट पक्षको आज जिल्ला पार्टी कार्यालयमा भेला भएको थियो । भरतपुरको मेयर माओवादी केन्द्रलाइ दिने निर्णय भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध जनाउँदै आएका थिए । पौडेलले भोलि मनोनयन दर्ता गर्ने तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org