ताजा समाचार

गभर्नर अधिकारीको मुद्दा ‘हेर्दाहेर्दै’मा, बिहीबार सुनुवाई हुने

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनसंग सम्बन्धित मुद्दाको सुनुवाइ बिहीबार हुने भएको छ ।

सर्वोच्च अदालतले हेरदा हेरधैमा राख्दै गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ बिहिबार गर्ने भएको हो ।

आफूविरुद्ध जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले दिएको रिटमा सर्वोच्च अदालतले यसअघि १३ वैशाखसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

मंगलबार न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

गभर्नर अधिकारी पक्षका कानुन व्यवसायीले मंगलबार बहस गरेका थिए । सरकारी पक्षले जवाफ दिन समय नपुगेकाले रिट निवेदन हेर्दाहेर्दैमा राखिएको हो । उक्त रिट बिहीबारका लागि पेसीमा तोकिएको छ । बिहीबार सरकारी पक्षका कानुन व्यवसायीले बहस गरेपछि न्यायाधीश मल्ल र मोक्तानको इजलासले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने आदेश जारी गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org