ताजा समाचार

प्रचण्डलाई श्रेष्ठको आग्रहः हिजोको जस्तो ढाँट्ने, धोका दिने काम नहोस्

काठमाडाैं । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले  निर्वाचन जितेर गएपछि कांग्रेसलाई धोका नदिन नढँट्न प्रचण्डलाई आग्रह गरेका छन् ।

चितवनको भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभामा बोल्दै श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवा ‘सोझो’ भएको भन्दै धोका अस्विकार्य भएको जिकिर गरे ।

‘आदरणीय पुष्पकमल दाहालज्यूलाई भन्नैपर्छ हाम्रो पार्टीको सोझो सभापतिलाई, हाम्रो पार्टीको सोझो सभापति जे बोल्छ त्यै गर्नुहुन्छ । भोलिका दिनमा हिजोको जस्तो ढाँट्ने, धोका दिने काम नहोस् । जे प्रतिबद्धता आजभन्दा पाँच वर्षपछि यहाँ आएर गरेका थियौं, तीन महिनापछि टुट्यो’, सभालाई सम्बोधन गर्दै श्रेष्ठले भने ।

०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई जिताएर पठाएपछि तीन महिना नबित्दै माओवादीले धोका दिएको जनाए । को भन्दै उनले भने, ‘जे प्रतिबद्धता आजभन्दा ५ वर्षअघि यहीँ आएर गरेका थियौं, ३ महिनापछि टुट्यो,’ उनले भने, ‘यो पटक कांग्रेसले दिएको विश्वासलाई धोका दिने काम नहोस्।’

यस्तातै, उनले मेयरमा रेनु दाहाललाई जिताउने प्रतिबद्धता समेत व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org