ताजा समाचार

ओलीको कांग्रेसलाई कटाक्षः २३ सिट ल्याएकोले ढोडका लौरी बटुलेर सरकार बनायो

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धन आफ्नो मान्छेको उद्धार गर्ने र बाँडीचुँडी खान मात्रै बनेको आरोप लगाएका छन् ।

कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको गन्तव्य र उद्धेश्य नभएको बताए ।

‘खाली सरकारमा पुग्ने, सरकारमा पुगेपछि आफ्ना मान्छेलाई उद्धार र व्यवस्थापन उद्धार गर्ने,’ ओलीले भने, ‘नातागोता आफन्तहरुको उद्धार गर्ने र बाँडीचुँडी खाने, त्यसका लागि मात्र अहिलेको यो गठबन्धन हो ।’

‘यो गठबन्धन जनताको आदेशबाट होइन, आज २७५ र १६५ भएको ठाउँमा नेपाली कांग्रेसले २३ सिट ल्याएको थियो,’ ओलीले भने, ‘२३ सिट ल्याएको कांग्रेसका अध्यक्ष अन्य ढोडका लोरी बटुलेर सरकार बनाएको छ ।’

यो सरकार परमादेशी भएको भन्दै संविधानविपरीत भएको आरोप लगाए । ओली कैलाली र कञ्चनपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org