ताजा समाचार

हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जाने प्रचण्डको चेतावनी

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत नहाले देश दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन् ।

चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन् ।

‘तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो । देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org