ताजा समाचार

प्रचण्डको धम्क्याउने बानी अझै गएको रहेनछः ओली

ओली थप्छनः चितवनका कांग्रेसीले कसरी मन थामेका होलान ?

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा धम्क्याउने बानी अझैं नगएको आरोप लगाएका छन् ।

आइतबार चितवनको भरतपुरमा आयोजित आमसभामा सम्बोधन गर्दै ओलीले भने, ‘धम्क्याउने बानी अहिलेसम्म गएनछ, धम्क्याइ आएकाहरु धम्क्याएर खाएकाहरुको अहिलेसम्म बानी गएनछ ।’ तर, धम्कीक काम नभएको र जनताले बुझिसकेको भन्दै आक्रोशित बनेका उनले भने, ‘जनताले बुझिसकेछन् धम्कीको काम छैन । कसैले धम्क्याएर दुर्घटना हुँदैन । दुर्घटना होइन, घटना हुन्छ, गठबन्धनले नराम्रोसँग हार्छ ।’

यस्तै, जीवनभर कांग्रेस भनेर हिडेका कांग्रेस नेता कार्यकर्ताप्रति लक्षि गर्दै ओलीले उनीहुप्रति दयाभाव जनाएका छन् । कांग्रेसहरुले कसरी मन थामेका होलान भन्दै उनले जिन्दगीभर कांग्रेस भएर हिँडेकाहरु प्रचण्डकी छोरी (भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाल) जसरी पनि जिताउन लाग्नुपर्ने बाध्यतामा रहेको ओलीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org