स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना
काठमाडाैं । स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष जेल वा रु तीन लाख जरिवानाको व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले मङ्गलबार सङ्घीय संसद्को प्रतिनिधि सभामा पेश गर्नुभएको “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९” मा उपचारको विषयलाई लिएर चिकित्सक वा स्वास्थ्यकर्मी वा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष कैद वा तीन लाख जरिवानाको व्यवस्था गरिएको छ ।
अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानीनोक्सानी पुर्याए तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याउने काम गरेमा तीन वर्ष कैद वा तीन लाख जरिवाना उल्लेख गरिएको छ । यस्तै स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा रु दुई लाखदेखि पाँच लाख जरिवाना अध्यादेशमा तोकिएको छ ।
स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरेमा, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पु¥याएमा वा स्वास्थ्यकर्मी तथा कर्मचारीलाई हातपात गर्न, कुनै किसिमको धम्की दिन, गालीगलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गरे एक वर्ष कैद वा रु एक लाख जरिवानाको अध्यादेशमा व्यवस्था गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २५ गते प्रमाणीकरण गरेको अध्यादेश मङ्गलबार स्वास्थ्यमन्त्री खतिवडाले प्रतिनिधिसभामा पेश गरेका हुन् । राष्ट्रपतिले जारी गरेाको उक्त अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात तथा कुटपिट गर्ने, स्वास्थ्य संस्थामा आगजनी गर्ने जस्ता गतिविधि हुनथालेपछि सरकारले त्यसलाई नियन्त्रण गर्न सो कानुन ल्याएको हो ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...