ताजा समाचार

काठमाडाैंमा सार्वजनिक बिदाका दिन सरकारी सवारी चलाउन रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सार्वजनिक बिदाको दिन सरकारी सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेकाे जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेकाे साहायक प्रमुख जिल्ला अधिकारी दिपक पाैडेलले जानकारी दिए ।

इन्धनको मूल्य आकासिएसंगै सरकारले यसअघि नै हप्ताको दुई दिन बिदा दिने निर्णय गरिसकेको छ । विश्व बजारमा कच्चा इन्धनको मूल्यमा भारी मात्रामा बृद्धि भएपछि त्यसको असर नेपालमा पनि परेका कारण नेपाल आयल निगम निरन्तर घाटामा गइरहेको छ ।

‘अत्यावश्यक भएमा जिप्रकाबाट पास जारी हुन्छ । त्यसका आधारमा बाहेक सरकारी सवारी सार्वजनिक बिदाका दिन चल्न पाउदैनन्’, पाैडेलले भने, ‘हामीले ट्राफिक प्रहरीलाई पास बाहेकका सवारी चलाएको खण्डमा जफत गर्न निर्देशन दिएका छाें ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org