ताजा समाचार

कामपा–३२ मा एमालेका पुरानै जनप्रतिधि दोहोरिए

काठमाडाैं । मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ महानगरपालिका वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नवराज पराजुलीसहित प्यानल नै विजयी भएको छ ।

उनी नेकपा (एकीकृत समाजवादी)का निकटतम प्रतिद्वन्द्वी सीतादेवी कँडेल (पराजुली) लाई दुई हजार ११७ मतले पछि पार्दै प्यानलसहित विजय भएका हुन् । यसअघिको निर्वाचनमा पनि उक्त स्थानबाट यही समूह विजय भएको थियो । अध्यक्षमा विजय भएका पराजुलीले पाँच हजार २२५ मत प्राप्त गरेका छन भने कँडेलले तीन हजार १०८ मत प्राप्त गरेको बताइएको छ ।

त्यसैगरी सदस्यमा एमालेका तर्फबाट भगवान् बुढाथोकी र हरिबहादुर बस्नेत विजयी भएका छन् । महिला सदस्यमा हीरादेवी पाखरेल र दलित महिला सदस्यमा सीता विसुङ्खे विजयी भएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा नौ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २९ र ३१ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, २८, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org