ताजा समाचार

कामु प्रन्या कार्की हरिकृष्णलाई लिएर निस्किए मानसरोवर, न्याय सेवा नै प्रभावित !

काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश र केहि न्यायाधीशका कारण न्याय प्रणाली नै खलबलिने अवस्थामा पुगेको छ ।

कामु प्रधानन्यायाधीश दिपककुमार कार्की बरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीलाई बोकेर एक हप्ते लामो मानसरोवर यात्रामा निस्किएसंगै न्याय सेवा नै प्रभावित बन्ने अवस्था सिर्जना भएको हो ।

बरियताक्रममा आफूभन्दा एकतह मात्रै तल रहेका हरिकृष्ण कार्कीसहित मानसरोवर यात्रामा निस्किएका कामु प्रधानन्यायाधीश दिपकुमारले सर्वोच्च अदालतमा सुधार आएको दाबी गरेपनि मनपरी ढंगले न्यायाधीशहरु निस्किन थालेपछि न्याय सेवा नै प्रभावित बन्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

उमेरहदका कारण सर्वोच्च अदालतबाट न्यायाधीश मिरा खड्काले अवकास पाइसकेकी छन् । भने, केहिदिनमै तेजबहादुर केसीले पनि उमेरहदका कारण अवकास पाउने भएका छन् ।

यस्तै, अर्का न्यायाधीश अहिले आनन्दमोहन भट्टराई अमेरिकामा रहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाभियोगका कारण निलम्बनमा रहेका छन् । यसरी न्यायाधीशहरु कम हुँदा सर्वोच्चमा न्याय सेवा प्रभावित हुने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org