ताजा समाचार

पहिचानको संकटसंगै जनतामा माओवादी झन खराव हो की भन्ने परेको छः प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा पहिचानको संकट देखिन थालेको र खराब भन्न थालेको जनाएका छन् ।

देशभरका २४९ जना प्रतिनिधिहरुलाई काठमाडौंमा बुधबार प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हाम्रो पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ’ प्रचण्डले भने, ‘हुनत हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरु संसदवादी पार्टी र माओवादीबीचको पहिचान क्रमश मेटिएको हो कि ? कतिपय स्थितिमा माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको छ । तर त्यो कुरा होइन ।’

उनले स्थानीय तहका प्रतिनिधिलाई अभूमिखीकरण कार्यक्रममा यस्तो बताएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org