ताजा समाचार

नेकपा एसले गर्‍यो सबै मन्त्री परिवर्तन गर्ने निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु परिवर्तन गर्ने भएको छ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको सचिवालय बैठकले २४ घण्टाभित्र हाल कायम रहेको मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारमा नयाँ सेट पठाउने निर्णय गरेको बताए ।

‘६ महिनाका लागि मन्त्री हुनुभएको हो । आठ महिना भइसक्यो सबै टिम फेर्ने निर्णय भयो,’उनले भने ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org