ताजा समाचार

माओवादीमा मन्त्री फेर्न दबाब छः वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको बताएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको तर यस विषयमा औपचारिक छलफल भने सुरु नभएको बताए ।

‘हाम्रोमा मन्त्री फेर्नेबारे अहिलेसम्म कुनै छलफल भएको छैन । समाजवादीका साथीहरुले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ’, उनले भने, ‘कांग्रेसमा पनि दबाब छ । जसपामा दबाब छ । यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन । हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ भन्ने आवाज उठिरहेको छ ।’

यद्यपी नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताए । अहिले मन्त्री हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पनि उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org