ताजा समाचार

क्याट्रीक ग्यारिजनमा सांस्कृतिक धमाका

बेलायत । नेपाली गायक गायिकाहरुले बेलायतको क्याट्रीक ग्यारिजनमा दमदार सांस्कृतिक प्रस्तुती गरेका छन ।

सुनगाभा इन्टरटेन्डमेन्टको प्रस्तुतीमा ब्रिटीस् गोर्खाज् एण्ड नेप्लीज कम्यूनिटीको सहभागीतामा भ्वाइस अफ नेपालका बिजेता राम लिम्बु गायिका सन्जु मोक्तान सहित बेलायतमा बसोबास गरिरहेका स्थानीय कलाकारहरुको सहकार्यमा उनीहरुले दमदार सांस्कृति प्रस्तुती दिएका हुन् । ब्रिटीस् गोर्खाज् एण्ड नेप्लीज कम्यूनिटीका अध्यक्ष बिनी गुरुङले सबैलाई सांस्कृतिक धमाका स्वागत गरे ।

‘नेपाली गीतसंगितको प्रर्वदन सहित नेपाली कलाकारहरुको सम्मान गर्न कार्यक्रम आयोजना गरेका हौं’ आयोजक नन्दराज राईले भने ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहनेछौं ।’ लिम्बु र मोक्तानलाई बेलायतमा बसोबास गरिरहेका स्थानीय गायिका अनिला राई, गायक सोम लिम्ब, बिबेक मगर र डान्सर सुब्रिना लिम्बुले साथ दिएका थिए ।

नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा गायकगायिकाले राष्ट्रियभावले ओतप्रोत ‘यो नेपाली शिर उचाली, यो मन त मेरो नेपाली हो’ जस्ता गीत गाउदा“ हल पुरै गुञ्जिएको थियो ।

सहभागीहरुले आफ्नो जातजाति चिनाउने मौलिक पहिरन लगाएर सांस्कृतिक धमाकामा कम्मर मर्काई मर्काई नाचे । शेर्पा, राई , गुरुङ, लिम्बु, मगर लगायतका जातजातिले आफ्नो पहिरन पहिरिएका थिए । ‘बिदेशमा नेपाल र नेपालीलाई कति माया गर्दारहेछन भनेर यस कार्यक्रममा देख्न पाए’ कार्यक्रममा सहभागी तारा राईले खुसी हु“दै सुनाईन ‘जहा“ पुगे पनि आफ्नो जन्मभूमि र त्यहा“का दाजुभाई प्रति प्रगाढ प्रेम छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org