नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ३८ फिल्म
काठमाडाैं । अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल–२०२२’ यही २३ देखि २६ जुनसम्म हुने भएको छ ।
भौतिक र अनलाइन (भर्चुअल) विधिबाट हुने फेस्टिभलमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा फिल्महरु प्रदर्शन हुँदैछन् ।
२३ जुनमा पुरानो ग्रीनबेल्ट थिएटरमा विक्रम सापकोटाद्वारा निर्देशित फिल्म ‘हल्कारा’को भौतिक प्रदर्शनबाट फेस्टिभलको शुभारम्भ हुनेछ । समापन भने जुन २६ मा निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको सर्ट फिल्म ‘द लिप रिडर’बाट हुनेछ ।
भौतिक प्रदर्शनीबाहेक फेस्टिभल अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत फिल्महरु हेर्न सकिनेछ । विगतका वर्षहरु जस्तै ग्लोबल पिस फिल्म फेस्टिवलको सहकार्यमा दुईवटा फिल्म प्रदर्शन हुनेछन भने स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न डीएमभी (डी, मेरिल्याण्ड, र भर्जिन्या) क्लोज उपप्रदर्शन गरिनेछ ।
प्रदर्शन भएका फिल्मबारे दर्शक र फिल्म निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । महोत्सवमा यस वर्षको कान्स फिल्म फेस्टिवलमा पुगेका निर्देशक अविनाशविक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिने छ । प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत पनि गरिनेछ।
फेस्टिभलका लागि ७ जनाको निर्णायक मण्डल घोषणा गरिएको छ । जसमा नेपालबाट अनुप सुबेदी ,अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब छन् ।
Comments
अरु समाचार
-
मन्त्रिपरिषद् पुनर्गठन, मेटमणीसहित को को बने मन्त्री ?
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।...
-
वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी
काठमाडौं । नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताका लागि छिमेकी देशहरुको सक्रियता सुरु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग...
-
पर्यटनमन्त्री र सचिव आफू अनुकुल ल्याउन निजी एयरलाइन्सले ठूलो चलखेल गर्छनः मन्त्री प्रेम आले
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ठूला निजी एयरलाइन्सले आफू अनुकुल पर्यटनमन्त्री र सचिव ल्याउन ठूलो...
-
मन्त्रालयबाट बिदा हुँदा झर्यो रामकुमारीको आँशु, दिइन राजीनामा
काठमाडाैं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पदबाट राजीनामा दिएको...
-
सरकारले घटायो डिजेलमा २९ र पेट्रोलमा २० रुपैयाँ, आज राति १२ बजेदेखि लागू हुने
काठमाडौं । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री...
-
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २५ देखि ३० रुपैयाँ घटाउदै सरकार
काठमाडौँ । इन्धनमा चर्को मूल्य वृद्धिका कारण महंगी बढेपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । शनिबार बिहान...
-
आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगरे अर्कै नाममा दल दर्ता गर्छाैंः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्ने बताएका छन् ।...
-
पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन
काठमाडौं । बजार अनुगमन उपसमितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य...
-
राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ: विरोध गतिवडा
काठमाडाैं । नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडाले राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि...