ताजा समाचार

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

अब कहाँ जान कति लाग्छ ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेसंगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ ।

विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।

यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।

हेर्नुहोस भाडादरः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org