ताजा समाचार

एसपीपी अस्विकार गर्दै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

काठमाडाैं ।  सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले लुम्बिनी भ्वाइसलाई जानकारी दिए ।

सत्तारुढ र विपक्षी सांसदहरुले विरोध गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले संसदलाई एसपीपीमा सहभागी नभएको र अब पनि नहुने स्पष्टीकरण दिएका थिए । नेपाली सेनाले पनि १ असारमा वक्तव्य जारी गर्दै एसपीपीम्बन्धी कुनै सम्झौता वा समझदारी नगरेको र गर्ने प्रक्रिया पनि नरहेको बताएको थियो ।

२०७२ असोजदेखि अघि बढाइएको एसपीपी सम्झौता पछिल्लो समय नेपालमा चर्को विवादमा परेको थियो ।

असंलग्न परराष्ट्र नीति अपनाइरहेको नेपाल कुनै पनि सैन्य गठबन्धनमा जान नसक्ने निष्कर्षसहित एसपीपी अस्वीकारको निर्णय भएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org