ताजा समाचार

निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्नु हुँदैनः एमाले नेता थापा

काठमाडाैं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुर्य थापाले रवि लामिछानेको पार्टीलाई निर्वाचन आयोगले दर्ता गर्न नहुने जनाएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहिसकेका थापाले लामिछानेको पार्टी दर्ता अवैधानिक हुने समेत जिकिर गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन, ‘कानुनत: स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हाे। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेकाे अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित हाे । स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्याेल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खाेज्छ भने निर्वाचन आयाेगले दर्ता गर्नुहुँदैन ।’

लामिछानेले निर्वाचन आयोग पुगेर आफू सभापति बनेर ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको निवेदन दिइसकेका छन् । भने, बसुन्धारामा पार्टी कार्यालय स्थापना गरेको समेत उनले जानकारी दिइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org