ताजा समाचार

रहेनन् गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे

काठमाडाैं । गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।

जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो । एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ ।

नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रबार बिहान गोली प्रहार भएको थियो । उनलाई छातीमा गोली लागेको थियो । तत्काल एम्बुलेन्समा हालेर लगिएकोको थियो । नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका थिए । एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गए ।

गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् । जापानमा हाते बन्दुक राक्न कडा परिक्षा पास गर्नुपर्ने प्रावधान रहेका कारण गोली काण्ड विरलै हुने गर्दछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org