मास्क लगाउनै नपर्ने गरी दरबार सिनेम्याक्समा जडान भयो जर्मन प्रविधिको ‘वुल्फ एयर मास्क’
काठमाडाैं । दरबार सिनेम्याक्सले फिल्म हेर्न आउने दर्शकका लागि अबदेखि मास्क लगाउन नपर्ने ब्यबस्था गरेको छ ।
नयाँ बर्ष ०७९ को अबसर पारेर गत बैशाख १ गतेदेखि संचालनमा आएको अत्याधुनीक प्रबिधि र सुबिधा सम्पन्न लक्जरीयस सिनेमा हलमा दर्शकको सहजतालाई मध्यनजर गरि कोभिड लगायतका कुनै पनि भाइरस तथा ब्याक्टेरियाले असर नगर्ने वुल्फ एयर मास्क एअर स्ट्रेरीलाइजेसन सिस्टम जडान गरिएको हो ।
गुण ग्रुपद्धारा संचालित हलमा नेपालमै पहिलोपटक जर्मन प्रविधिबाट निर्मित ‘वुल्फ एअर मास्क’ प्रयोगमा ल्याइएको हो । सो प्रविधिले हावामा फैलने मोल्ड,कोरोना वा इन्फ्लुएन्जा भाइरस,एलर्जी,हानीकारक ब्याक्टेरिया,पराग कण,धुलो,दुर्गन्धलगायत वरपरका क्लस्टरलाई केही मिनेटमै पूर्ण रुपले निस्प्रभावी बनाइ शुद्ध हावा उत्पादन गर्ने गर्दछ । सिस्टम जडान सम्बन्धी सम्झौतामा दरबार सिनेम्याक्सका प्रबन्ध निर्देशक दिप्रश शाक्य र प्लानेट हेल्थकेयरका तर्फबाट रोजन श्रेष्ठले हस्ताक्षर गरेका हुन् । वुल्फ एअर मास्क ९९.९९ प्रतिशत भाइरस मुक्त र बैज्ञानीक रुपमा समेत सबै उमेर र समूहका लागि उपयुक्त मानिन्छ ।
एअर स्ट्रेरिलाइजेसन सिस्टम जडान गर्ने देशकै पहिलो सिनेमा हल बन्न पाउदा खुशी लागेको दरबार सिनेम्याक्सका प्रबन्ध निर्देशक दिप्रश बताउँछन् । आफूहरु दर्शकको सुबिधा र स्वास्थ्यको बारेमा निकै सजक रहेकाले प्रबिधि जडान गरिएको कथन उनको छ ।
‘दर्शकहरुको सुबिधा र स्वास्थ्यका लागि हामी कुनै कुरामा पनि कन्जुस्याइँ गर्न चाहन्नौं,’ उनी भन्छन्, ‘अब उप्रान्त हाम्रो सिनेमा हलमा बिना मास्क फिल्म हेर्न पाइने छ । कोरोनाको जोखिम कायमै रहे तापनि हलभित्र भने एअर स्ट्रेरिलाइजेसन सिस्टमले भाइरस सखाफ पार्ने भएकाले सबैलाई निर्धक्क सुबिधा लिनका लागि स्वागत गर्दछौ ।’
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...