संघीय संसद्को निर्वाचनको मिति केही दिनमै घोषणा हुन्छः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सङ्घीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।
पार्टी सम्वद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग आज आफ्नै निवास खुमलटारमा भएको छलफलमा उनले सङ्घीय निर्वाचनको तयारी भइरहेको र एकाध दिनमै मिति घोषणा हुने बताएका हुन् । उनले भने, “प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने कुरा गर्नुभएको छ । मैले संघीय संसद्मा विचाराधिन केही विधेयकलाई टुङ्गो लगाएर मात्रै घोषणा गरौँ भनेर आग्रह गरेको छु ।”
उनले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म लैजाने र त्यसमा कुनै पनि दायाँबायाँ नहुने जानकारी दिए । उनले गठबन्धनलाई कायम राखेर विचार मिल्ने पार्टी र शक्तिसँग पनि मिलेर अगाडि बढ्ने स्पष्ट पारे । उनले आफूले पार्टीका नेताहरुलाई पनि गठबन्धनबाट दायाँबायाँ नहुने बताइसकेको र त्यसमा कुनै तलमाथि नहुने स्पष्ट पारेको बताएका थिए । उनले परिवर्तनका सबै एजेण्डाको कार्यान्वयनका लागि पनि माओवादीले निर्वाचन जित्नै पर्ने धारणा राखेका थिए ।
“माओवादी कमजोर हुँदा परिवर्तनका एजेण्डा समस्यामा पर्न थालेका छन् । देश, जनता र परिवर्तनको एजेण्डालाई मूर्त रुप प्रदान गर्न पनि माओवादीले जित्नै पर्छ”, उनले भने । उनले पार्टी स्थायी समितिको जारी बैठकबाटै पदाधिकारी चयन गरिने बताएका थिए ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...