ताजा समाचार

एकै दिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि, एकजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसीआर परीक्षण र २२ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ९३४ रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org