ताजा समाचार

एमाले निर्वाचन आयोगमा १० औं नम्बरमा दर्ता

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको आगामी मंसिर ४ गतेका लागि हुन लागेको निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

दल दर्ताका लागि पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यद्वय डा.राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य तथा निर्वाचन विभागका उपप्रमुख निरज आचार्य लगायत नेताहरू सहितको टोली निर्वाचन आयोग गएको थियो ।

दल दर्ता भएसंगै एमाले निर्वाचन आयोगमा १० औं नम्बरमा दर्ता भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org