ताजा समाचार

ओली पत्नीले मनाइन् असहायलाई भोजन खुवाएर जन्मदिन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले मानव आश्रममा पुगेर जन्म दिन मनाएकी छिन् ।

नागार्जुनमा रहेको सो मानव आश्रममा ओलीसँगै पुगेकी शाक्यले त्यहाँ रहेका असहायलाई भोजन र दक्षिणा दिएर जन्मदिन मनाएकी हुन् । उक्त अवसरमा श्रीमती शाक्यले ५२ हजार नगदसमेत सहयोग गरेकी छिन ।

मानव आश्रमको संरक्षणमा रहेका बालबालिकालगायतलाई भोजन खुवाउने कार्यक्रममा नागर्जुन नगरपालिका उपप्रमुख अनिता लामासहितको उपस्थिति रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org